२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ टेष्टराईडको बाहनामा मोटरसाईकल चोरी फरार व्यक्ति सालझण्डी प्रहरीद्वारा पक्राउ

टेष्टराईडको बाहनामा मोटरसाईकल चोरी फरार व्यक्ति सालझण्डी प्रहरीद्वारा पक्राउ

सालझण्डी । बिदेश जानुपर्ने भएको र पैसा कम भएको कारणले मिति १० गते रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका ०७ ठेगाना भई दाङ बस्ने दिल बहादुर बि.कले आफ्नो फेसबुकमा मोटरसाईकल बिक्रिमा रहेको भनि बा ५१ प ७४४३ नं. को VR  मोटरसाईकलको फोटो रु.१ लाख मुल्यसहित राख्छन् । त्यसको केहि दिनमा उनि पासपोर्ट सम्बन्धी कामको लागि काठमाडौँ जाने
तरखरमा हुन्छन्।

१३ गते बा ५१ प ७४४३ नंम्बरको  VR मोटरसाईकलको धनि दिल बहादुर बि.क काठमाडौँ जानको लागि दाङबाट बिहान हिडेकोमा बिहान अं १०:३० बजेको समयमा जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं. ८ रामापुर स्थित महेन्द्र राजमार्ग सडक छेउमा मोटरसाईकल रोकि पसलमा चिया पिईरहेका हुन्छन्। यत्तिकैमा उनको भेट एक अपरिचित र स्थानियजस्तो देखिने
युवकसँग हुन्छ।

भर्खर भटिएका उनै दिलबहादुरको छेउमा आई अहो कस्तो राम्रो मोटरसाईकल तपाँईको मलाई त खुब मन पर्यो भनि छेउमै राखेको मोटरसाईकल मुसार्न थाल्छन्। त्यसपछि उनै अपरिचित युवकले आफूलाई मोटरसाईकल एकदम मन परेको र किन्ने भनेपछि दिलबहादुरले पहिले १ लाख भनि  फेसबुकमा बेच्न राखेको मोटरसाईकलको मुल्य ९० हजार बताउँछन्। त्यसपछि उनै युवाले खै किन्नुभन्दा पहिले एकपटक कन्डिसन पनि त चेक गर्नुपर्यो नत्र त त्यत्रो ९० हजार हालेर बित्तैमा फसिएला नि भनेर मोटरसाईकलको चाबि माग्छन् र स्टार्ट गरि टेस्ट राईडको लागि निस्कन्छन् ।

टेस्ट राईडमा निस्किएका व्यक्ति १०/१२ मिनेटसम्म पनि नफर्केपछि आफ्नो मोटरसाईकल किन्ने बाहनामा चोरी भएको आशंकामा उनले तत्कालै ईलाका प्रहरी कार्यालय सालझण्डीमा खबर गर्छन्। खबर गरेलगत्तै प्रहरी खोजतलासमा निस्कन्छ तर ति चोरी गरि लैजाने युवकको जानकारी नहुनाले तत्कालै पक्राउ पर्दैनन् तर पनि खोजतलास चलिरहन्छ। आवश्यक अनुसन्धान गर्ने क्रममा उक्त चोरी भएको बा ५१ प ७४४३ नं को VR मोटरसाईकल जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं ८ बस्ने बर्ष १८ को एस.पि  (परिवर्तित नाम) नाम गरेको मानिसले चोरी गरि गएको खुल्न आउँछ ।

पछि ईलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा रहेको
प्रहरी टोलिले खोजतलास गर्दै जाने क्रममा मिति २०७९।०३।१५ गते  जिल्ला रुपन्देही कञ्चन गाँउपालिका वडा नं १ रातडाँडा स्थितको भित्री सडकमा उक्त बा ५१ प ७४४३ नम्वरको VR मोटर साईकल चलाई हिँडेको अवस्थामा बरामद गरी उक्त मोटरसाईकल चोरी गर्ने व्यक्तिलाई समेतलाई फेला पारी तत्काल नियन्त्रण लिई चोरी सम्बन्धी कसुरमा रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी प्रमुख मरासिनीले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार