गृहपृष्ठ लागु औषध कसुरमा फरार रहेका ६ प्रतिवादी ४ वर्षपछि प्रकाउ
लागु औषध कसुरमा फरार रहेका ६ प्रतिवादी ४ वर्षपछि प्रकाउ
सालझण्डी । लागु औषध कसुरमा फरार रहेका ६ प्रतिवादी ४ वर्षपछि प्रकाउ परेका छन्। ईलाका प्रहरी कार्यलय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्ड खटिएको टोलीले खोजतलास गर्ने क्रममा रुपन्देहीको विभिन्न स्थानबाट प्रकाउ गरेको हो ।
प्रकाउ पर्नेमा बुटवल उप- महानगरपालिका ४ बस्ने २३ बर्षिय सागर गुरुङ, बुटवल उप- महानगरपालिका ५ बस्ने २७ बर्षिय सुमन शर्मा, बुटवल उप- महानगरपालिका ५ बस्ने २७ जारशेस गुरुङ, बुटवल उप- महानगरपालिका ७ बस्ने २७ बर्षिय अनिल थापा, गुल्मी कालीगण्डकी गाउँपालिका १ स्थायी घर भई हाल बुटवल उप- महानगरपालिका ६ बस्ने किशोर पाण्डे र देवदह नगरपालिका ६ बस्ने २५ बर्षिय प्रकाश सारु रहेको छन् । फरार प्रतिवादीहरुलाई जिल्ला अदालत रुपन्देहीले २०७५\ ११ \१२ गते लागु औषध ब्राउन सुगर कारोबारको कसुरमा ६ महिना कैद सजायको फैसला गरेको थियो । प्रकाउ परेका उनीहरुलाई फैसाल कार्यान्वयनका लागि ईलाका प्रहरी कार्यलय सालझण्डीले जिल्ला अदालत रुपन्देही पठाएको छ ।












