२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ कोपा अमेरीका: २३ वटा प्रहार गर्दापनि गाेल गर्न नसक्दा कोलम्बिया भेनेजुयलासँग बराबरीमा रोकियो

कोपा अमेरीका: २३ वटा प्रहार गर्दापनि गाेल गर्न नसक्दा कोलम्बिया भेनेजुयलासँग बराबरीमा रोकियो

एजेन्सी | कोपा अमेरीका कपमा कोलम्बिया भेनेजुयलासँग बराबरीमा रोकिएको छ । शुक्रबार विहान भएको खेलमा कोलम्बियाले केहि सुनौला अवसर गुमाउँदा भेनेजुयलासँग गोलरहित बराबरीमा चित्त बुझायो ।

खेलको दोस्रो मिनेटमा नै मेट्स युरिवेको प्रहार पोष्टको नजिकैबाट बाहिरीएको थियो । चौथो मिनेटमा डुभान जापटाको प्रयासपनि भेनेजुएलाका गोलकिपर फारिनेजले बचाए ।

२८ औं मिनेटमा भेनेजुएलाको लुइस डेल पिनोको प्रहारपनि फ्रेममा रहन सकेन । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा पनि दुबै टिमबाट उत्कृष्ट प्रहार हुन सकेन ।

खेलको अन्तिममा कोलम्बिया १० खेलाडीमा झर्न पुग्इो । उसका लुइस डियासले रातो कार्ड पाएका थिए ।

पुरै खेलमा कोलम्बियाले २३ वटा पोष्ट चार्ज गरेपनि गोल भने गर्न सकेन । यो बराबरीपछि कोलम्बियाले दुई खेलमा चार अंक बनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार