२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ टेस्ट च्याम्पियनसिप: भारतविरुद्ध न्युजिल्याण्ड पहिलो दिन खेल भएन

टेस्ट च्याम्पियनसिप: भारतविरुद्ध न्युजिल्याण्ड पहिलो दिन खेल भएन

एजेन्सी । आईसीसी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत भारत र न्युजिल्याण्डबीचको फाइनलको पहिलो दिनको खेल वर्षाले प्रभावित गरेको छ ।

साउथह्याम्पटनमा वर्षाले प्रभावित गरेपछि पहिलो दिन शुक्रबार टस समेत नभई खेल सकिएको छ ।

अब शनिबारबाट खेल सुरु हुनेछ ।

Image

विराट कोहलीको कप्तानीमा मैदान उत्रने भारत पहिलो संस्करणको उपाधि उचाल्न चाहन्छ ।

केन विलियम्सनको कप्तानी मैदान उत्रने न्युजिल्याण्ड पनि उपाधि जित्ने योजनामा रहेको छ ।

दुई टोलीबीचको पछिल्लो पाँच टेस्टमा भारत बलियो देखिएको छ । भारतले ३ खेल जित्दा न्युजिल्याण्डले २ खेल जितेको छ ।

गत वर्षको फेब्रुअरीमा भएको दुई टेस्ट सिरिजमा न्युजिल्याण्डले भारतलाई हराएको थियो ।

टेस्ट च्याम्पियनसिपको विजेताले १.६ मिलियन अमेरिकी डलर पुरस्कार पाउने छन् । फाइनल टेस्ट ड्र (बराबरी) मा सकिए उपाधि बाडिने छन् ।

यस्तै उपविजेता टोलीले ८००,००० अमेरिकी डलर पाउने जनाएको छ । आईसीसीले दुई टिमले पाउने पुरस्कार राशि २.४ मिलियन अमेरिकी डलर रहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार