२०८३ वैशाख १० गते बिहीवार | April 23, 2026

गृहपृष्ठ युरोकप : चेक रिपब्लिकलाई हराउँदै डेनमार्क सेमिफाइनलमा

युरोकप : चेक रिपब्लिकलाई हराउँदै डेनमार्क सेमिफाइनलमा

एजेन्सी । चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्क १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बाकु ओलम्पिक स्टेडियममा शनिबार भएको क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

डेनमार्कलाई जित दिलाउन थोमस डेलाने र कास्पर डोलवर्गले एक एक गोल गरे ।

चेक रिपब्लिकका प्याट्रिक शिकले एक गोल फर्काए ।

खेलको पाँचौं मिनेटमा थोमसले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए । लार्सेनको कर्नरमा अनमार्क रहेका उनले हेडरमार्फत उत्कृष्ट गोल गरे ।

खेलको ४२ औं मिनेटमा युवा स्ट्राइकर डोलवर्गले गोल गर्दै डेनमार्कलाई २-० को अग्रता दिलाए । उनले जोकिम माहेलको पासमा गोल गरेका हुन् ।

दोस्रो हाफमा चेक रिपब्लिकले एक गोल फर्कायो । ४९ औं मिनेटमा प्याट्रिकले काउफलको पासमा गोल गर्दै चेक रिपब्लिकलाई २-१ को स्थितिमा ल्याए । तर, उनको गोलले चेक रिपब्लिकको हार भने टार्न सकेन ।

डेनमार्कविरुद्धको गोलसँगै प्याट्रिकले जारी युरोमा ५ गोल पूरा गरेका छन् । यससँगै प्याट्रिकले गोल्डेन बुटको दाबेदारमा क्रिस्टियानो रोनाल्डोसँग बराबरी गरेका छन् । पोर्चुगिज फरवार्ड रोनाल्डोले पनि ५ गोल गरेका छन् ।

Image

अब डेनमार्कले सेमिफाइनलमा युक्रेन र इंग्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार