२०८३ असोज १५ गते बिहीवार | October 01, 2026

गृहपृष्ठ पाकिस्तानमाथि इंग्ल्यान्डको सहज जित

पाकिस्तानमाथि इंग्ल्यान्डको सहज जित

एजेन्सी । घरेलु टिम इंग्ल्यान्डले पहिलो एकदिवसीय क्रिकेटमा पाकिस्तानलाई पराजित गरेको छ ।

कार्डिफमा बिहीबार इंग्ल्यान्डले पाकिस्तानलाई ९ विकेटले पराजित गरेको हो ।

पाकिस्तानले दिएको १ सय ४२ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले २१ ओभर ५ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।

इंग्ल्यान्डको जितमा डाविड मालनले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै डेब्यु खेलाडी जाक क्रलीले पनि अविजित रहदै ५८ रनको अर्धशतकीय इनिङ्स खेले । फिल साल्ट ७ रनमा आउट भए ।

पाकिस्तानका शहिन शाह अफ्रिदीले १ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ३५ ओभर २ बलमा अलआउट हुँदै १ सय ४१ रन बनाएको थियो ।

पाकिस्तानका लागि फखर जमानले सर्वाधिक ४७ रन बनाए । शादव खानले ३० रन जोड्दा सोहिब मक्सुदले १९ रन जोडे ।

पाकिस्तानलाई सस्तैमा समेट्न इंग्ल्यान्डका शकिब महमुदले ४ विकेट लिए । क्रेग ओभर्टन र  माट पर्किनसनले २/२ विकेट लिए ।

यस जितसँगै इंग्ल्यान्डले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । दुई टोलीबीचको दोस्रो खेल शनिबार हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार