२०८३ साउन ३० गते शनिवार | August 15, 2026

गृहपृष्ठ कुशल प्लेयर अफ दि म्याच

कुशल प्लेयर अफ दि म्याच

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज अन्तर्गत  अमेरिकाविरुद्धको खेलमा नेपालका कुशल भुर्तेल प्लेयर अफ दि म्याच घोषित भएका छन् ।

नेपाललाई जित दिलाउन उत्कृष्ट प्रदर्शन गरेका कुशल प्लेयर अफ दि म्याच चुनिएका हुन् ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा आइतबार नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

नेपाललाई जित दिलाउन ओपनर कुशलले ८४ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ९३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । कुशलको यो एकदिवसीय अन्तराष्ट्रियमा पहिलो अर्धशतक हो ।

कुशलले पहिलो विकेटका लागि आसिफ शेखसँग ६६ रनको साझेदारी गरेका थिए । पहिलो विकेटको रुपमा आसिफ २३ रनमा आउट भए ।

यस साझेदारी एकदिवसीय अन्तराष्ट्रियमा नेपालको कीर्तिमानी साझेदारी हो । यस अघि नेपालको उच्च साझेदारी ६१ रन रहेको थियो ।

सिरिज अन्तर्गत नेपालले अब दोस्रो खेलमा घरेलु टिम ओमानसँग खेल्नेछ । नेपाल र ओमानबीचको खेल भोलि मंगलबार हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार