२०८३ साउन १३ गते बुधवार | July 29, 2026

गृहपृष्ठ इन्डियन प्रिमियर लिग : पन्जाब किङ्स लखनउ सुपर जाइन्ट्ससँग पराजित

इन्डियन प्रिमियर लिग : पन्जाब किङ्स लखनउ सुपर जाइन्ट्ससँग पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जाइन्ट्सले पन्जाब किङ्सलाई २० रनले पराजित गरेको छ ।

सुरुमा ब्याटिङ गरेको लखनउले दिएको १ सय ५४ रनको लक्ष्य भेट्न नसक्दा पन्जाब पराजित भएको हो । उसले पूरै २० ओभर खेल्दा ८ विकेट गुमाएर १ सय ३३ रन मात्र बनाउन सक्यो । पन्जाबका लागि जोनी ब्रेटसो ३२, कप्तान मायांक अग्रवाल २५, ऋषि धवनले २५ रन बनाए भने लियाम लिभिङस्टोनले १८ रन जोडे । लखनउका मोसिन खानले तीन, दुश्मन्था चामिरा र कुर्नाल पान्डयले दुईदुई विकेट लिए ।

लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५३ रन जोडेको थियो । उसका लागि क्विन्टन डी कक ४६, दीपक होडाले ३४ रन बनाउँदा पन्जाबका कागिसो रबडाले ४ तथा राहुल चाहरले २ विकेट हात पारेका थिए ।

यो जितसँगै अंक तालिकाको तेस्रो स्थानमा पुगेको लखनउले ८ खेलमा १२ अंक जोडेको छ । पाँचौ स्थानको पन्जाबले ९ खेलमा ८ अंक जोडेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार