२०८३ साउन १५ गते शुक्रवार | July 31, 2026

गृहपृष्ठ मौसम अपडेट : देशभरको मौसमी अवस्था आज यस्तो रहनेछ ?

मौसम अपडेट : देशभरको मौसमी अवस्था आज यस्तो रहनेछ ?

काठमाडौँ । स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव देशभर सामान्य परेको छ।

देशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित आंशिकदेखि सामान्य बदली भइरहेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ।

प्रदेश १, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आइतबार देशकोपहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार