२०८३ भदौ ६ गते शनिवार | August 22, 2026

गृहपृष्ठ बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु लोनमा फर्किए इन्टर मिलान

बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु लोनमा फर्किए इन्टर मिलान

काठमाडौँ । बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु लोनमा इन्टर मिलान फर्किएका छन् । गत वर्षको सरुवा बजारमा चेल्सीले लुकाकुलाई स्टामफोर्ड ब्रिजमा भित्राउनका लागि ९७.५ मिलियन पाउन्ड खर्चिएको थियो । केही महिना अघि लुकाकुले आफू स्टामफोर्ड ब्रिजमा सन्तुष्ट नरहेको भन्दै इन्टर फर्कने इच्छा व्यक्त गरेका थिए ।

इन्टरले चेल्सीबाट लुकाकुलाई क्लबमा फर्काउन ६.९ मिलियन पाउन्ड खर्चिएको बताइएको छ । लुकाकुको प्रेरणादायी प्रदर्शनमा इन्टरले २०२०-२१ सिजनमा इटालियन सिरी ए को उपाधि जितेको थियो । गत सिजन लुकाकुले चेल्सीबाटबाट पहिलो रोजाईमा कम अवसर पाएका थिए । उनले गत सिजन सबै खाले प्रतियोगिता गरि १५ गोल गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार