२०८३ भदौ ४ गते बिहीवार | August 20, 2026

गृहपृष्ठ विश्व फुटबलकै महान खेलाडी ब्राजिलियन फुटबलर पेलेको निधन

विश्व फुटबलकै महान खेलाडी ब्राजिलियन फुटबलर पेलेको निधन

काठमाडौं । विश्व फुटबलकै महान खेलाडी ब्राजिलियन फुटबलर पेलेको निधन भएको छ । क्यान्सर पीडित पेलेको ८२ वर्षको उमेरमा ब्राजिलकै साओ पाउलोको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको बीबीसीले जनाएको छ ।

विश्व फुटबलकै महान मानिएका पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा गरी तीन पटक फिफा विश्वकपको उपाधि दिलाएका थिए । विश्वकप फुटबलको उपाधि तीन पटक जित्ने एकमात्र खेलाडी पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरी घोषणा गरिएको थियो । पेलेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार