२०८१ माघ २४ गते बिहीवार | February 06, 2025

गृहपृष्ठ एफए कप फुटबलमा म्यानचेस्टर सिटी चेल्सीलाई हराउँदै फाइनलमा प्रवेश

एफए कप फुटबलमा म्यानचेस्टर सिटी चेल्सीलाई हराउँदै फाइनलमा प्रवेश

काठमाडौँ । एफए कप फुटबलमा म्यानचेस्टर सिटी फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलमा चेल्सीलाई १–० गोलले हराउँदै सिटी फाइलनमा पुगेको हो । म्यानचेस्टर सिटीका लागि बेर्नार्डो सिल्भाले गोल गरेका थिए । उनले खेलको ८४औँ मिनेटमा गरेको गोल नै सिटीको जितका लागि निर्णायक बनेको थियो ।

अब म्यानचेस्टर सिटीले फाइनलमा म्यानचेस्टर युनाईटेड र कोभेनट्री क्लबबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ । दोस्रो सेमिफाइन खेल आज राति हुँदैछ । फाइनल खेल भने मे २५ मा हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार