२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ मौसम अपडेट : यस्तो रहनेछ आज देशभरको मौसम

मौसम अपडेट : यस्तो रहनेछ आज देशभरको मौसम

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसकारण आइतबार बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य भूभागमा पनि आंशिक बदली रहने छ ।

पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा सम्भावना पनि छ । हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।

राति पहाडी भूभागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सोमबार पहाडी भूभागमा आंशिक बदली रही एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार