२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ नेपालमा अझै पनि पश्चिमी वायुको आंशिक प्रभाव रहने

नेपालमा अझै पनि पश्चिमी वायुको आंशिक प्रभाव रहने

नेपालमा अझै पनि पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले बताएका छन् । प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहि अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केहि स्थानहरुमा हुस्सु र कुहिरो लागिरहेको मौसमविदले जानकारी दिएका छन् ।

आज (बिहीबार) प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

शुक्रबार प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदलीको रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शनिबार देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक – दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार