२०८३ वैशाख ४ गते शुक्रवार | April 17, 2026

गृहपृष्ठ पत्रकार बस्याललाई पितृ शोक

पत्रकार बस्याललाई पितृ शोक

नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद तथा पत्रकार भूपराज बस्याललाई पितृ शोक परेको छ । पत्रकार बस्यालका बुबा देबाखर बस्यालको ९२ बर्षको उमेरमा सोमवार राती निधन भएको हो । गल्याङ नगरपालिका वडा नम्वर ३ निवासी देबाखर बस्यालको उपचारका क्रममा गएराती निधन भएको परिवारले जनाएको छ ।

नेपाल पत्रकार महासंघ युएई शाखाका पूर्ब अध्यक्ष समेत रहेका बस्यालका बुबा देबाखर केही दिन देखि अस्वस्थ भए पछि स्थानीय अस्पतालमा उपचार गरिदै आइएको थियो । देवाखर बस्यालका श्रीमती, चार छोरा र एक छोरी रहेकाछन् । नेपाल प्रेस युनियन स्याङ्जा शाखाद्धारा जारी गरिएको विज्ञप्तीमा युनियनका केन्द्रीय पार्षद बस्यालका बुवाको निधनले स्याङ्जावासी पत्रकारहरुलाई दुःखद तुल्याएको भन्दै समवेदना प्रकट गरेको छ । युनियनका स्याङ्जा अध्यक्ष प्रदिप कोइरालाले शोक विज्ञप्ती जारी गर्दै नेपालको प्रजातान्त्रिका आन्दोलन देखि लोकतान्त्रिक आन्दोलन सम्म महत्वपूर्ण भुमिका खेलेका देवाखरको निधनले अभिभावक गुमाएको स्मरण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै पत्रकार भुपराज सहित सम्पूर्ण परिवारमा धैयता गर्ने शक्ति इश्वरबाट प्रदान होस भन्ने उल्लेख गरिएको छ ।

पत्रकार बस्याल नेपाल समाचारपत्र राष्ट्रिय दैनिक, नेपाल बहस अनलाईन लगायतका मिडियामा आवद्ध रहेका छन् । यसैबीच देबाखर बस्यालको मंगलवार कालिगण्डकी नदी तटमा अन्तिम संस्कार गरिएको छ । यसअघि बस्यालको पार्थिव शरीरमा नेपाली कांग्रेस महासमिति सदस्य तथा गल्याङ नगरसभापति श्याम प्रसाद बस्याल लगायतले कांग्रेसको झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार