२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ विभिन्न अबरोधहरु झेल्दै लोकदोहोरिमा रमाउदै गायक तथा सर्जक अर्जुन गैह्रे

विभिन्न अबरोधहरु झेल्दै लोकदोहोरिमा रमाउदै गायक तथा सर्जक अर्जुन गैह्रे

लोक गायक तथा सर्जक र युरोप लोकदोहोरी प्रतिस्ठाँन सदस्य  त्यस्तै  यशोदा म्युजीक कम्पनी नेपालका डाइरेक्टर अर्जुन गैह्रेसंग गरिएको यो छोटो उदयमान संबाद :

अहिले कोभिड १९ महामारी चलिरहेको अबस्थामा आफ्नो दिनहरु कसरी व्यतित गर्दै हुनुहुन्छ ?

हाल म बैदेशिक रोजगारको सिलसिलामा पोर्चुगलमा रहेको छु विश्वब्यापी कोरोना कहरका कारण केहि समय काम नगरेरै बसियो तर अहिले पुन:काममै ब्यस्त भईरहेको छु ।

 यहाँ बैदेशिक रोजगारमा जानुभएको कति समय भयो ?

म बैदेशिक रोजगारमा आएको करिब दुई बर्ष भयो ।

गीत सांगीतिक क्षेत्रमा यहाँको पहिलो पाइला कहिले सुरु भयो ?

गीत संगीत प्रति मेरो रुची त सानै उमेरबाट नै थियो तर आधिकारिक रुपमा गीतसंगीतमा पहिलो  पाइला चालेको मैले २०६३ सालबाट नै हो ।

गीत संगीतमा लाग्न को बाट प्रेरणा पाउनुभयो ?

यहि गायक गायिका र आफन्तबाट प्रेरणा पाए भन्ने त छैन तर अग्रज दाजु दिदीहरु जस्का  गीत लोकप्रिय भएर उहाँहरुको चर्चा टेलिभिजन रेडियोमा सुन्ने गर्दथे उहाँहरुको त्यो चर्चा देख्दा म पनि एकदिन कलाकार बन्छु भन्ने प्रेरणा पाए ।

गीत संगीतमा आउदा धेरै ढुख पाएका कुराहरु सुनिन्छ तपाइलाई कत्तिको सहज भयो ?

ढु:खको कुरा त के गर्नु र धेरैनै दु:ख पाइयो ति दु:खका दिन सम्झिदा अहिले पनि आशु आउंछ बसपार्कमा भोकै दिन काटेको गीत रेकर्ड गर्न जादा भोली पर्सि भनेर दिनहु टारेको अनि रेकर्ड भएका गीतको सिडी नै हरायो भनि दिएको ति दिन अहिले समझदा पनि निकै नरमाइलो लाग्छ ।

तपाईका आफ्नै कति गीत बजारमा उपलब्ध रहेका छन् ?

शब्द सिर्जना त धेरै नै गरियो मेरो आफ्नै शब्द संगीत गरेको केहि गीत र मेरो आफ्नै आवाज रहेका केहि गीत गरि करिब २ दर्जन भन्दा गीत बजारमा उपलब्ध रहेका छन् ।

तपाईंको पहिलो रेकर्ड भएको गीत कुन हो ?

मेरो सबैभन्दा पहिलो रेकर्ड भएको गीत “यहि चाहन्छु मैले” बोलको गीत हो जुन गीत मैले २०६३ सालमा रेकर्ड गरेको थिए जुन गीतले राम्रै सफलता पायको थियो ।

तपाईंका चर्चित गीतहरु कुनकुन हुन् ?

मेरा चर्चित गीतहरुमा यहि चाहन्छु मैले, गैरी खेतमा हल छ, मान्छेको जुनी के छ र, हत्तेरिका मैया, लाटी, भैगो अब, दहीको ठेकी, बज्यो पन्चे बाजा लगाएतका गीतहरुले बजारमा राम्रै चर्चा पाएका छन् ।

गीत संगीतलाई नजिकबाट नियाल्दा हजुरले आफुले सोचेको जस्तो उपलब्धि प्राप्त गर्नु भयो त ?

अब सफलता प्राप्ति कुन कुरामा भन्न खोज्नु भयो तपाइले तर मेरो शब्दमा भन्नु पर्दा म सन्तुस्ट छु मैले चेको जति पाए होला ठुला उपलब्धि पाउन नसकिएको होला तर दर्शक श्रोताको माया स्नेह अनि अनि मैले खोजेको सफलता प्राप्त गरे जस्तो लाग्छ मलाई ।

अब प्रवाशमै बस्नु हुन्छ कि पुन नेपाली गीत संगीतमा फर्किनु हुन्छ ?

प्रवाश हुदैमा गीत संगीतको यात्रा त सकिदैन नी केहि समय यहाँ बिताउछु अनि नेपाल फर्किन्छु मेरो आफ्नो म्युजीक कम्पनी “यशोदा म्युजीक कम्पनी”लाई पुन निरन्तरता दिनेछु यहाँ हुँदा धेरै सिर्जनाहरु गरेको छु जुन सिर्जना म छिट्टै नेपाल आएर सबै सिर्जनाहरु मेरा भगवान रुपी दर्शकहरु माझ जतिसक्दो छिटो पस्कने छु ।

तपाईंको भाबी योजनाहरु के के रहेका छन् ?

अब नेपाल आए पश्चात म जस्तै गीत संगीतमा आउदा दुख पाएका नया र आगन्तुक कलाकारहरुलाई मा जस्तो दुख नपाउन भनेर उनीहरुको लागि साथ सहयोग अनि समर्थन गर्ने छु ।

अन्त्यमा हजुरको दर्शकहरुलाई के भन्न चाहनुहुन्छ ?

– सम्पूर्ण पाठकवर्ग, दर्शक, श्रोता अनि सम्पूर्ण नेपलीजनमा सर्बप्रथम २०७७ शुभ दिपावलीको एवम छठ पर्वको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु सबैको जीवनमा उज्ज्यालो ल्याओस कोभिड १९ संग जुदने सामर्थ्य सम्पूर्णमा आओस भन्न चाहन्छु अनि मलाई हिजोको दिनमा जसरि माया दिनुभएको थियो भोलिका दिनमा पनि त्यसैगरि माया गरिदिनुहोला अनि साथ सपोर्ट अनि सल्लाह सुझाब दिनुहोला जसकारण आगामी दिनमा मेरो गल्ती सच्याउदै अनि सुधार्दै जानेछ मौका प्राप्त गर्नेछु र अन्तमा मलाईसंगसंगै चाहन्छु अनि उदयमान डट कमलाई पनि माया गरिदिनुहोला भन्न चाहन्छु ।

 

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार