२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ कविता – अभिलाषा

कविता – अभिलाषा

सानो दहमा कुनै पोखरीमा नकि कुनै तालमा

समाहित भएर यथावत रहिरहनु छैन

म भित्रको म त अनवरत अविश्रान्त बगेर ऊ

त्यो समुन्द्रमा अझ भनौ महासागरमा गएर समाहित हुन चाहान्छ

समुन्द्र र त्यो महासागरको छेउछाउ चुम्न चाहान्छ

हजारौं माएलको यात्रा किन नहोस् तय भो अब त ।

बरू, महासगरमा म म नरहे पनि

वाफ बनेर माथि उडेर बादल बनेर पुनः

किन नझरु वर्षातको झरी बनेर या जुनसुकै ॠतुहरूमा ।

प्यासीको तिर्खा मेटाउने रहर त हो

सुख्खा भूमीमा सिंचित हुने मन त हो

म विना अर्थ विलिन हुनु भन्दा

सुन्दर प्रकृतिलाई हराबरा हुन सहयोग गरु ।

तर यस्तो लाग्छ, यो प्रकृति नै स्वार्थी छ

मानव झन स्वार्थ कै दलदलमा

हुन त म पनि यहीँ को पाहुना होला

मेरो पनि केही स्वार्थ त्यसैले भन्दै छु

यी थाक्न खोज्दै गरेका गोडाहरू रोकिन मान्दैनन्

निस्वार्थ भाव बोकी यो केही पाउण्ड

भौतिक शरीर बोकी गन्तव्य भेट्ने अभिलाषाका साथ

स-साना ठेसहरूको प्रवाह नगरी

खाटा बसेको मुटु र कलेजो बोकी

पसिना र रगत बग्दै गरेका प्रिय पैताला दुखाइको अनुभव नगरी

सहन शक्तिको क्षमता बढाइ

दृढ संकल्पका साथ देखेको सुनौलो सपना साकार पार्न

अनगिन्ती बाधाहरू पार गर्दै बढिरहे छन् एकोहोरो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार