२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ सुरेन्द्र शाहीका सात हाईकु

सुरेन्द्र शाहीका सात हाईकु

न्यानो अंगालो
लिन भो बसनामा
मायाको काख ।

विर्य हुँ बाको
आमाको गर्भमा छु
जन्मिन्छु पक्कै ।

थियो बिरालो
पसेर त्यो जंगल
बने छ सिहं ।

पठायाँ बाडुल्की
सम्झ्याको छौं है साथ्या
माया नमार्या ।

मीठो मुस्कान
अनुपम कोशेली
गुलाफ फूल ।

अमुल्य भयो
बेमौसमी मुस्कान
आहा अधर ।

चढ्यो यौवन
अनौठो रजस्वला
वृक्षारोपण !

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार