२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ युवा साहित्यकार शाहीका केही हाइकु

युवा साहित्यकार शाहीका केही हाइकु

१. पानीको फोका

    बिलाउँछ क्षेणमै

     माटोमा मिले ।

२. भयो अचाक्ली

    खेल राजनीतिको

     देखाए राम !

३. अझैं रमाउ

     कृषक यी मर्दैछन्

      हेलो कम्रेड ।

४. राम्रो तरिका

   नाटक राजनीति

   भो माग्ने भाँडो ।

५. खुल्यो रे भर्ना

    केन्द्रिय सदस्यको

    कम्निस्ट पार्टी ।

६. हे बुद्ध आऊ

   राम लक्ष्मण आऊ

    देश बचाऊ ।

७. बन्नु कर्मनिस्ट

    सबैको पुल बनी

     काम गरेस ।

८. शान्त नेपाल

    भो उथलपुथल

     रगंमञ्च झैं ।

९. ए महोदय

     गएछ भुइँचालो

      राजनीतिमा ।

१०. बच्यो डँडाल्नु

      जलेर गयो मुटु

     तात्यो कन्पारो ।

११.  सितल बुँद

       कञ्चन गंगाजल

       प्रफुल्ल मन ।

१२. भिमकाय छ

     बेकाम गजराज

     सौखिन छैन ।

यो भिडियो पनि हेरौं  :

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार