२०८३ असार २२ गते सोमवार | July 06, 2026

गृहपृष्ठ हेर्नुहोस युनिलिभर नेपालको दोस्रो त्रैमासको वित्तीय विवरण(पुरा विवरण सहित)

हेर्नुहोस युनिलिभर नेपालको दोस्रो त्रैमासको वित्तीय विवरण(पुरा विवरण सहित)

युनिलिभर नेपाल लिमिटेडको चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ ।

उक्त कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १३ करोड १५ लाख रुपैयाँ खुद नाफा गरेको छ भने यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ४५ प्रतिशत कमले कम हो गत वर्ष वर्षको सोहि अवधिमा कम्पनीले २३ करोड ७५ लाख खुद नाफा आर्जन गरेको थियो। त्यस्तै कम्पनीको प्रतिसेयर आम्दानी यस वर्ष १४३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २.३१६ रुपैयाँ रहेको छ ।

यसैगरी हाल कम्पनीको चुक्तापूँजी ९ करोड २१ लाख रुपैयाँ र जगेडा कोष २ अर्ब ४ करोड २ लाख रुपैयाँ रहेको छ भने कम्पनीको कुल आम्दानी पनि २५.८५ प्रतिशतले घटेर १ अर्ब १९ करोड ३५ लाख रुपैयाँमा सिमित भएको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब ६० करोड ९६ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार