गृहपृष्ठ नेपाल टेलिकमको नाफा घट्यो, कति होला ईपीएस?(वित्तीय विवरण सहित)
नेपाल टेलिकमको नाफा घट्यो, कति होला ईपीएस?(वित्तीय विवरण सहित)
नेपाल टेलिकमको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ ।
उक्त कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो। यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ३३.४० प्रतिशतले कम हो। गत वर्षको सोहि अवधिसम्म कम्पनीले ४ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। त्यस्तै टेलिकमले ग्राहकलाई इन्टरनेट, मोबाइल र ल्यान्डलाइन सेवा बिक्रीबापतको आम्दानीमा पनि गिरावट आएको छ। समीक्षा अवधिमा कम्पनीका सेवा बिक्रीबापत १७ अर्ब ७२ करोड रुपैयाँ आम्दानी गरेको छ छ।
त्यसैगरी गत वर्ष यस्तो आम्दानी १८ अर्ब ३ करोड रहेको थियो। कम्पनीको अन्य आम्दानीमा पनि २६.६५ प्रतिशतले गिरावट आएको छ चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ८५ करोड रुपैयाँमा आम्दानी गरेको छ ।
त्यस्तै गत वर्ष यस्तो आम्दानी ३ अर्ब ८८ करोड रुपैयाँ थियो। चुक्ता पुँजी १५ अर्ब र जगेडा तथा कोष ८० अर्ब ३७ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ४३.८६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ६३५.८० रुपैयाँ रहेको छ। स्रोत:- laganikhabar





