२०८३ असार २२ गते सोमवार | July 06, 2026

गृहपृष्ठ जानिराखौं, कुन वाणिज्य बैंकको शेयर किन्दा लाभदायिक? हेर्नुहोस मूल्य–आम्दानी अनुपात

जानिराखौं, कुन वाणिज्य बैंकको शेयर किन्दा लाभदायिक? हेर्नुहोस मूल्य–आम्दानी अनुपात

कम्पनीको तत्कालको बजार मूल्यलाई पछिल्लो प्रति शेयर आम्दानीले भाग गर्दा आउने अनुपातलाई मूल्य–आम्दानी अर्थात पीई अनुपात भनिन्छ । यो अनुपात जति कम भयो, त्यति नै कम्पनीको शेयर लगानीका लागि आकर्षक बन्दै जान्छ । मूल्य आम्दानी अनुपात बढ्दै गएमा शेयरको मूल्य कुनै पनि बेला झर्नसक्ने जोखिम बढ्छ । कम्पनीको छनौट गर्दा यो अनुपातलाई मात्र हेरेर लगानीको निर्णय लिनु पनि हितकारी हुन्न । कम्पनीका अन्य पक्षजस्तो सुशासन, इक्विटीमा प्रतिफल आदि पनि हेर्न आवश्यक हुन्छ ।

पीई अनुपात कसरी निकाल्ने ? मूल्य आम्दानी अनुपात(पीई रेसियो) निकाल्ने सजिलो सूत्र यसप्रकार छ :-

प्रति शेयर बजार मूल्य
पीई अनुपात : ——————————

प्रति शेयर आम्दानी

उदाहरणका लागि नेपाल इन्भेष्टमेन्ट बैंकको प्रति शेयरको पछिल्लो बजार मूल्य १०६० रुपैयाँ छ । यो बैंकको आर्थिक वर्ष २०७२ ७३ (चौथो त्रैमास)को प्रति शेयर आम्दानी ३५.८२ रु. छ । यसको अर्थ अब इन्भेष्टमेन्ट बैंकको मूल्य आम्दानी अनुपात अर्थात पीई रेसियो निकाल्नुपर्दा माथिको सूत्र प्रयोग गर्दा यस्तो परिणाम निस्कन्छ :-

१०६० रु.

पीई रेसियो = ——————— = २९.५९ गुणा

३५.८२
पीई रेसियोले लगाानीकर्तालाई कुन शेयरमा लगानी गर्ने भन्ने कुराको संकेत गर्छ । पीई रेसियो विश्वमै धेरै प्रयोग हुने बित्तीय विश्लेषण मापन गर्ने एक सजिलो र वैज्ञानिक विधि पनि हो । यही सूत्रको आधारमा आर्थिक वर्ष ०७२/७३ को वार्षिक बित्तीय विवरणका आधारमा हालसम्म विवरण सार्वजनिक गरेका वाणिज्य बैंकहरुको मूल्य आम्दानी अनुपात निकालिएको छ । लगानीकर्ताहरुलाई यो रिपोर्टबाट कुन र कस्तो शेयरमा लगानी गर्दा उत्तम हुन्छ बुझ्न सहज हुनेछ। स्रोत:- bizshala.

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार