गृहपृष्ठ अब अर्काको डिम्याटबाट IPO भरे कारवाही हुने , यस्तो निएम लागु ।
अब अर्काको डिम्याटबाट IPO भरे कारवाही हुने , यस्तो निएम लागु ।
विभिन्न कम्पनीको आर्ईपीओ जारी हुने क्रम धमाधम चलिरहेको र एकै जनाले सयौ व्यक्तिको नामबाट आर्ईपीओ भर्ने ‘बोरे प्रवृत्ति’ फस्टाउन थालेपछि नियामक निकायले यस्लाई नियन्त्रण गर्न लागेको हो । अर्काको नागरिकता ल्याएर उस्को नाममा बैक खाता खोली सोही आधारमा डिम्याट खाता मार्फत सेयरमा अनलाइन दिने बिक्रृती बढेको छ ।
एक लगानीकर्ता अनुसार बोरेलाई यसरी विभाजन गरिएको छ।
१.स्वार्थी बोरे : अर्काको नागरिकता संकलन गरेर डिम्याट खोली परेको आईपिओ बेचेर आफैले मात्र खाने । नागरिकता वालालाई आफ्नो खाता खोलेको समेत थाह नहुने।
२.धर्मात्मा बोरे : अर्काको नागरिकता संकलन गरेर डिम्याट खोली परेको आईपिओ बेचेर सबै पैसा नागरिकतावालालाई दिने । नोट : यस्ता ब्यक्ती हाम्रो देशमा कमै पाहिन्छन।
३.पिडित बोरे : अर्काको नागरिकता संकलन गरेर डिम्याट खोली आफ्नै पैसा हालेर आईपिओ भर्दै आएकोमा खातावालाले उक्त लगानी समेत झिकेर खाएको अवस्था।
४.समझदारी बोरे : अर्काको नागरिकता संकलन गरेर डिम्याट खोली आईपिओ बेचेर बाँडीचुडी खान खोज्ने । मिले सम्म पुरै सर्लक्क खान खोज्ने।
५. मास्टर बोरे : अर्काको डिम्याट खोलिदिने वा खोल्न सघाउने वा भरिदिने वा भर्न सिकाउने वा सल्लाह दिने। तर आफुले कुनै लाभ नलिने।
नेपाल धितोपत्र बोर्ड, सिडिएससी एण्ड क्लियरिङ हाउस, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)समेतले यो प्रवृत्ति रोक्ने प्रक्रिया अघि बढाएको बताएको त्यसरी सेयर आवेदन भर्नेहरुको आफूहरुले निगरानी गरिरहेको बताएका थिए । तर, अहिलेसम्म कुनै पनि व्यक्तिलाई कारवाही भने हुन सकेको छैन् ।
पहिले लाइन लागेर आईपीओ भर्ने समयमा एक जना व्यक्तिले नै धेरै जनाको नाममा सेयर भर्ने गरेकोमा अहिले डिम्याट अनिवार्य गरिसकेपछि पनि त्यस्तै प्रवृत्ति देखिएको छ ।अरुका नाममा बैंक खाता खोल्ने, सेयर भर्ने, त्यसको पूर्ण लाभ आफैं लिनेलाई सम्पति शुद्धीकरणको मुद्दा लगाउन सकिनेबारे बोर्डमा छलफल समेत भैसकेको छ ।
बोरे प्रवृति रोक्न ई–केवाईसी अघि सारेका र त्यो आएपछि एक जनाले धेरै जनाको नामबाट सेयर भर्न नपाउने बोर्डले बताएको छ । अहिले पनि गाउँभरका मान्छेको नागरिकता र फोटो ल्याएर बैंक खाता, डिम्याट, मेरो सेयर खोलेर आफैं हस्ताक्षर गर्ने, सेयर भरेर बेचबिचखन गर्नेहरुको ठूलो समूह सक्रिय रहेका छन ।





