गृहपृष्ठ शुक्रबार निस्कासन हुदै IPO , कति कित्ता आवेदन दिदा ठिक होला त ?
शुक्रबार निस्कासन हुदै IPO , कति कित्ता आवेदन दिदा ठिक होला त ?
रूरू जलविद्युत परियोजना लिमिटेडले आगामी फागुन ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ७ हजार ७०५ कित्ता शेयर जारी गर्नेछ । स्थानीयलाई शेयर जारीपछि दोस्रो चरणमा २० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ जारी गर्ने कम्पनीले जनाएको छ ।
आईपीओ निष्काशनका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा तोकेको छ ।
कम्पनीले आईपीओ निष्काशन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा असार २५ गते निवेदन दिएको थियो । आवेदन दिएको ७ महिनामा कम्पनीले शेयर जारी गर्न अनुमति पाएको हो ।





