गृहपृष्ठ युवा संघ नेपालका केन्द्रीय सचिव तुल बहादुर अधिकारीलाई पत्नीशोक
युवा संघ नेपालका केन्द्रीय सचिव तुल बहादुर अधिकारीलाई पत्नीशोक
अनेरास्ववियु पाल्पाका पुर्व जिल्ला अध्यक्ष, युवा संघ नेपालका केन्द्रीय सचिव, राष्ट्रिय युवा समिति पाल्पाका जिल्ला अध्यक्ष तुल बहादुर अधिकारीलाई पत्नीशोक परेको छ । उहाँकी जिवनसङ्गिनी प्रतिक्षा अर्याल अधिकारीको असामयिक निधन भएको हो ।
आइतबार बिहान उहाँको निधन भएको हो । कोरोनाबाट निको भएपछि उहाँलाई निमोनियाको भएको थियो । निमोनियाको उपचार गराउँदा आज बिहान उहाँको निधन भएको हो ।
युवा संघका नेताहरुले प्रतिक्षा अर्याल अधिकारीको निधनलाई लिएर हार्दिक समवेदना प्रकट गर्दै श्रदाञ्जली व्यक्त गरेका छन् । स्थायी कमिटी सदस्य, राष्ट्रिय युवासंघ नेपाल केन्द्रिय कमिटी प्रभात भण्डारीले लेख्नु भएको छ, ‘अत्यन्तै दुःखद समाचार !
दुःखको यस घडीमा स्वर्गिय प्रतीक्षा अर्याल अधिकारी प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल तुल बहादुर अधिकारी ,परिवारजन,आफन्त लगायतमा उदयमान मिडिया प्रालि परिवार गहिरो समवेदना व्यक्त गर्दछौ ।’





