२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ युरोकप: बेल्जियम नकआउट चरणमा

युरोकप: बेल्जियम नकआउट चरणमा

एजेन्सी । बेल्जियमले १६ औं संस्करणको युरोकप फुटबलमा उत्कृष्ट पुनरागमन गर्दै लगातार दोस्रो जित निकालेको छ ।

कोपनहेगनमा बिहीबार राति भएको खेलमा डेनमार्कलाई २-१ गोल अन्तरले पराजित गर्दै बेल्जियमले लगातार दोस्रो जित निकालेको हो ।

पार्केन स्टेडियममा बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्ड र केभिन डी ब्रुएनले एक एक गोल गरे ।

डेनमार्कका युसुफ पाउलसेनले एक गोल फर्काए ।

खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले बनाएको थियो । खेलको दोस्रो मिनेटमा पाउलसेनले गोल गर्दै डेनमार्कलाई १-० को अग्रता दिलाएका थिए । पाउलसेनले पिएरे इमिलको पासमा गोल गरेका हुन् ।

तर,  ब्रुएन चम्किदा दोस्रो हाफमा बेल्जियम खेलमा फर्कियो ।

खेलको ५५ औं मिनेटमा हाजार्डले गोल गर्दै बेल्जियमलाई १-१ गोलको बराबरीमा फर्काए । उनले ब्रुएनको पासमा गोल गरे ।

त्यसपछि खेलको ७१ औं मिनेटमा ब्रुएनले गोल गर्दै बेल्जियमलाई २-१ को जित दिलाए । दोस्रो हाफमा मैदान प्रवेश गरेका ब्रुएनले कप्तान इडेन हाजार्डको पासमा गोल गरेका हुन् ।

ब्रुएन खेलको ४६ औं मिनेटमा मेर्टेन्सको स्थानमा मैदान प्रवेश गरेका थिए ।

Image

यस जितसँगै समूह ‘बी’ मा रहेको बेल्जियमले २ खेलमा ६ अंक जोडेको छ । बेल्जियम अन्तिम १६ मा समेत प्रवेश गरेको छ ।

पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो ।

डेनमार्कको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग १–० ले पराजित भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार