२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ युरोकप:युक्रेनको पहिलो जित

युरोकप:युक्रेनको पहिलो जित

एजेन्सी । युक्रेनले १६ औं संस्करणको युरोकप फुटबलमा पहिलो जित दर्ता गरेको छ ।

रोमानियाको नेसनल एरिनामा बिहीबार भएको खेलमा नर्थ म्यासेडोनियालाई २-१ गोल अन्तरले पराजित गर्दै युक्रेनले पहिलो जित निकालेको हो ।

युक्रेनलाई जित दिलाउन एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक एक गोल गरे । नर्थ म्यासेडोनियाका एजान एलिओस्कीले एक गोल फर्काए ।खेलको २९ औं मिनेटमा यार्मोलेन्कोले गोल गर्दै युक्रेनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ३४ औं मिनेटमा यारेमचुकले गोल गर्दै युक्रेनलाई पहिलो हाफमा २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ५७ औं मिनेटमा एलिओस्कीले एक गोल फर्काएपनि युक्रेन २-१ ले विजयी भयो । एलिओस्कीले प्रहार गरेको पेनाल्टी  युक्रेनका गोलकिपर जर्जले रोकेका थिए । तर, त्यहिँ पेनाल्टीको रिबाउन्डमा उनले गोल गेर ।

यस्तै खेलको ८४ औं मिनेटमा युक्रेनका रुस्लान मालिनोभ्सकीले पेनाल्टीमा गोल गर्न सकेनन्  । उनको प्रहार नर्थ म्यासेडोनियाका गोलकिपर स्टोलले बचाएका थिए ।

यस जितसँगै समूह ‘सी’  मा रहेको युक्रेनले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो । युक्रेन समूहको तेस्रो स्थानमा रहेको छ ।

नर्थ म्यासेडोनियाको यो लगातार दोस्रो हार हो । नर्थ म्यासेडोनिया पहिलो खेलमा अष्ट्रियासँग ३–१ ले पराजित भएको थियो । म्यासेडोनिया पुछारमा रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार