२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ बिदाइमा भावुक हुँदै रामोसले भने, ‘एक दिन फर्कनेछु’

बिदाइमा भावुक हुँदै रामोसले भने, ‘एक दिन फर्कनेछु’

एजेन्सी । रियल मड्रिडले कप्तान तथा डिफेन्डर सर्जियो रामोसलाई बिदाइ गरेको छ  ।

रियलले बिहीबार कप्तान रामोसको बिदाइ गरेको हो ।

बिदाइमा रामोस भावुक बनेका थिए । बिदाइ समारोहमा बोल्दै रामोसले आफु एक दिन रियल फर्कने समेत बताए ।’म निश्चित छु, एक दिन यहाँ फर्कनेछु । म रियल मड्रिडलाई धन्यवाद दिन चाहन्छु’ रामोसले भने, ‘मेरो हृदयमा सँधै राख्नेछु ।’

स्पेनिस सेन्टर ब्याक रामोस १६ वर्ष क्लबमा बसेर बिदा भएका हुन् ।

३५ वर्षीय रामोस सन् २००५ मा सेभियाबाट रियल आएका थिए ।

Image

रियलमा लिजेण्ड खेलाडीको पहिचान बनाएका उनले क्लबका ६ सय ७१ खेल खेलेका थिए ।

रियलका लागि १ सय १ गोल गरेका रामोसले ४० असिस्ट गरेका छन् ।

रियलबाट उनले पाँच पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि जिते ।

फिफा क्लब विश्वकप र स्पेनिस सुपर कप ४/४ पटक जित्दा यूईएफए सुपर कप ३ पटक जितेका छन् ।

यस्तै कोपा डेल रे दुई पटक जितेका छन् ।

Image

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार