२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ विश्व टेस्ट च्याम्पियनसिप-भारत र न्युजिल्याण्डबिचको फाइनल आजबाट

विश्व टेस्ट च्याम्पियनसिप-भारत र न्युजिल्याण्डबिचको फाइनल आजबाट

एजेन्सी । आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल आजबाट इंग्ल्यान्डमा सुरु हुँदैछ ।

साउथह्याम्पटनमा हुने फाइनलमा भारत र न्युजिल्याण्ड भिड्ने छन् । फाइनल टेस्ट नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ ।

विराट कोहलीको कप्तानीमा मैदान उत्रने भारत पहिलो संस्करणको उपाधि उचाल्न चाहन्छ ।

फाइनल खेलका लागि भारतले बलियो सुरुवाती-११ सार्वजनिक गरिसकेको छ ।

केन विलियम्सनको कप्तानी मैदान उत्रने न्युजिल्याण्डले सुरुवाती-११ सार्वजनिक गरेको छैन ।

तर, न्युजिल्याण्डले उपाधि जित्नका लागि उत्कृष्ट सुरुवाती-११ छनोट गर्नेछ ।

दुई टोलीबीचको पछिल्लो पाँच टेस्टमा भारत बलियो देखिएको छ । भारतले ३ खेल जित्दा न्युजिल्याण्डले २ खेल जितेको छ ।

गत वर्षको फेब्रुअरीमा भएको दुई टेस्ट सिरिजमा न्युजिल्याण्डले भारतलाई हराएको थियो ।

टेस्ट च्याम्पियनसिपको विजेताले १.६ मिलियन अमेरिकी डलर पुरस्कार पाउने छन् । फाइनल टेस्ट ड्र (बराबरी) मा सकिए उपाधि बाडिने छन् ।

यस्तै उपविजेता टोलीले ८००,००० अमेरिकी डलर पाउने जनाएको छ । आईसीसीले दुई टिमले पाउने पुरस्कार राशि २.४ मिलियन अमेरिकी डलर रहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार