गृहपृष्ठ कोरोनाका कारण भारतीय पूर्व खेलाडी मिल्खा सिंहको निधन
कोरोनाका कारण भारतीय पूर्व खेलाडी मिल्खा सिंहको निधन
एजेन्सी । पूर्व भारतीय एथ्लेटिक्स खेलाडी मिल्खा सिंहको निधन भएको छ ।
शुक्रबार राति पौने १२ बजे ९१ बर्षको उमेरमा निधन भएको हो ।
५ दिन पहिला उनकी श्रमती निर्मल कौरका पनि निधन भएको थियो ।
उनी र उनकी पत्नी दुवैको कोरोनाका कारण निधन भएको हो ।
मिल्खा सिंहको चण्डीगढमा उपचार गराई रहेका बेला अक्सिजन लेवल घट्दै गएपछि आईसीयूमा लगिएको थियो ।
मिल्खा सिंहको निधन प्रति प्रधानमन्त्री नरेन्द्र मोदीले श्रद्धाञ्जली दिएका छन् ।





