२०८३ वैशाख ६ गते आइतवार | April 19, 2026

गृहपृष्ठ कोपा अमेरिका : पाराग्वेसँग चिली स्तब्ध

कोपा अमेरिका : पाराग्वेसँग चिली स्तब्ध

एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा पाराग्वेले चिलीलाई पराजित गरेको छ ।

बिहीबार बिहान भएको खेलमा पाराग्वेले चिलीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

पाराग्वेलाई जित दिलाउन सामु र मिगुएल अल्मिरोनले एक एक गोल गरे ।

खेलको ३३ औं मिनेटमा सामुले गोल गर्दै पाराग्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले मिगुएलको पासमा गोल गरेका हुन् ।

Image

त्यसपछि खेलको ५८ औं मिनेटमा मिगुएलले पेनाल्टीमा गोल गर्दै पाराग्वेलाई २-० को जित दिलाए ।

चिलीका ग्यारी मेडेलले कार्लोसलाई फउल गरेपछि पाराग्वेले पेनाल्टी पाएको थियो । जसमा मिगुएलले सहजै गोल गरे ।

Image

यस जितसँगै समूह ‘ए’ को पाराग्वेले ३ खेलमा ६ अंक जोडेको छ । पाराग्वे समूहको दोस्रो स्थानमा उक्लिएको छ ।

पाराग्वे यस अघि नै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

चिलीले ४ खेलमा ५ अंक जोडेको छ । तेस्रो स्थानको चिलीले यस अघि नै क्वाटरफाइनलमा स्थान बनाईसकेको छ ।

पाराग्वेसँगको हारले चिली शीर्ष स्थानाम उक्लन असफल भएको छ ।

Image

Image

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार