२०८३ वैशाख ६ गते आइतवार | April 19, 2026

गृहपृष्ठ सुल्तान्सलाई पाकिस्तान सुपर लिगको उपाधि

सुल्तान्सलाई पाकिस्तान सुपर लिगको उपाधि

एजेन्सी । पाकिस्तान सुपर लिग (पीएसएल) को उपाधि मुल्तान सुल्तान्सले जितेको छ ।

आबुधाबीमा बिहीबार राति भएको फाइनलमा पेशेवर जाल्मीलाई ४७ रनले हराउँदै सुल्तान्स च्याम्पियन बनेको हो ।

सुल्तान्सले दिएको २ सय ७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पेशेवर २० ओभरमा ९ विकेट गुमाएर १ सय ५९ रन मात्र बनाउन सक्यो ।

पेशेवरका शोयब मल्लिकले ४८ रन जोड्दा कमरान अकमलले ३६ रन बनाए । रोभम्यान पावेलले २३ रन जोडे ।

सुल्तान्सका इमरान ताहिरले ३ विकेट लिए । इमरान खान र ब्लेसिङ मुजराबानीले २/२ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुल्तान्सले २० ओभरमा ४ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो ।

सुल्तान्सका लागि सोहिब मक्सुदले अविजित रहदै ६५ रनको अर्धशतकीय इनिङ्स खेले । रिली रस्सोले ५० रनको इनिङ्स खेल्दा सान मसुदले ३७ रन जोडे ।

कप्तान मोहमद रिजवान ३० रनमा आउट भए । पेशेवरका सामिन गुल र मोहमद इमरानले २/२ विकेट लिए ।

प्रतियोगितामा सुल्तान्सका मक्सुद प्लेयर अफ दि सिरिज चुनिए ।

कोरोना भाईरसको महामारीको कारण पीएसएलको बाँकी खेलहरु दुबईमा आयोजना गरिएको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार