२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ इंग्ल्यान्डलाई टी-ट्वान्टी सिरिज

इंग्ल्यान्डलाई टी-ट्वान्टी सिरिज

एजेन्सी । घरेलु टिम इंग्ल्यान्डले श्रीलंकाविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज जितेको छ ।

कार्डिफमा बिहीबार राति भएको दोस्रो खेलमा श्रीलंकालाई डीएल पद्दतिको आधारमा ५ विकेटले पराजित गर्दै इंग्ल्यान्डले एक खेल अगाबै सिरिज २-० ले आफ्नो बनाएको हो ।

श्रीलंकाले दिएको १ सय १२ रनको लक्ष्यसहित इंग्ल्यान्डले जवाफी ब्याटिङ गरिरहदा खेल वर्षाले रोकिएको थियो ।

त्यसपछि डीएलको आधारमा इंग्ल्यान्डले १८ ओभरमा जितका लागि १ सय ३ रनको लक्ष्य पायो ।

इंग्ल्यान्डले उक्त लक्ष्य १६ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

Image

इंग्ल्यान्डका लियाम लिभिङस्टोनले अविजित २९ रन रन जोड्दा साम विलिङ्सले २४ रन बनाए ।

साम कुरान १६ रनमा अविजित रहे । श्रीलंकाका वानिन्दु हसरंगाले २ विकेट लिए ।

त्यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ११ रन बनाएको थियो ।

श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक ३९ रन बनाए । कप्तान कुशल परेराले २१ रन जोड्दा इसुरु उडानाले अविजित १९ रन बनाए ।

Image

इंग्ल्यान्डका मार्क उड र आदील राशिदले २/२ विकेट लिए ।

यस जितसँगै इंग्ल्यान्डले ३ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ ।

पहिलो खेलमा इंग्ल्यान्डले श्रीलंकालाई ८ विकेटले हराएको थियो ।

Image

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार