२०८३ वैशाख १४ गते सोमवार | April 27, 2026

गृहपृष्ठ हेर्नुहोस आज मंगलबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?

हेर्नुहोस आज मंगलबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का २ हजार ६३६ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ५३ जना र ११ देखि २० वर्षका ११५ जना रहेका छन् ।

त्यस्तै, २१ देखि ३० सम्मका ४१८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३१ देखि ४० वर्षका नागरिक ४२५ जना रहेका छन् । ४१ देखि ५० वर्षका २७१, ५१ देखि ६० वर्षका २१३ जना, ६१ देखि ७० का १३१ जना छन् ।

त्यस्तै, ७१ देखि ८० वर्षका ७८ जना, ८० देखि माथिका २१ जना र उमेर नखुलेका ३ जना रहेका छन् । अहिले देशभर ६४९ जना आईसीयूमा र १८४ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार