२०८३ वैशाख ११ गते शुक्रवार | April 24, 2026

गृहपृष्ठ जर्मनीका क्रुसद्वारा सन्यास घोषणा

जर्मनीका क्रुसद्वारा सन्यास घोषणा

एजेन्सी । जर्मनीका मिडफिल्डर टोनी क्रुसले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् ।

३१ वर्षीय क्रुसले शुक्रबार ११ वर्षे अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।

क्रुसले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गर्दै क्लब फुटबलमा ध्यान केन्द्रित गर्ने बताएका छन् ।

स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर क्रुसले जर्मनीका लागि १ सय ६ खेलमा १७ गोल गरेका छन् ।

विश्वकप विजेता टिमका सदस्य क्रुस २०१० देखि जर्मन टिमका नियमित सदस्य रहदै आएका थिए ।

अर्जेन्टिनाविरुद्धको मैत्रीपूर्ण खेलबाट उनले डेब्यु गरेका थिए ।

जर्मनीले सन् २०१४ को विश्वकप जित्दा उनी टिममा रहेका थिए ।

Image

युरोपमा जारी १६ औं संस्करणको युरोकपमा उनले ४ खेल खेलेका थिए । तर, गोल गर्न भने असफल भएका थिए ।

यस संस्करणको युरोमा जर्मनी प्रि-क्वाटरफाइनलमा इंग्ल्यान्डसँग २-० ले पराजित भएको थियो ।

क्रुस २०१४ मा जर्मन क्लब बायर्न म्युनिखबाट रियल आएका थिए । त्यसयता उनी रियलको महत्वपूर्ण खेलाडीको रुपमा रहदै आएका छन् ।

Image

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार