२०८३ वैशाख १० गते बिहीवार | April 23, 2026

गृहपृष्ठ कोपा अमेरिका : सेमिफाइनल समीकरण पूरा, खेल तालिका नेपाली समय

कोपा अमेरिका : सेमिफाइनल समीकरण पूरा, खेल तालिका नेपाली समय

एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।

शनिबार बिहान अर्जेन्टिना र इक्वेडरबीचको क्वाटरफाइनल खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टोलीको तय भएको हो ।

यस संकरणमा अर्जेन्टिना, साविक विजेता ब्राजिल, कोलम्बिया र पेरुले सेमिफाइनलमा स्थान बनाएका छन् ।

अर्जेन्टिनाले इक्वेडरलाई ३-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

अब सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियासँग खेल्नेछ ।

कोलम्बियाले क्वाटरफाइनलमा उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएको हो ।

ब्राजिलले सेमिफाइनलमा पेरुसँग प्रतिस्पर्धा गर्नेछ ।

ब्राजिलले क्वाटरफाइनलमा चिलीलाई १-० ले हराएको हो । पेरुले पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराएको थियो ।

सेमिफाइनल तालिका :

मंगलबार बिहान ४:४५ बजे – ब्राजिल विरुद्ध पेरु

बुधबार बिहान ६:४५ बजे – अर्जेन्टिना विरुद्ध कोलम्बिया

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार