गृहपृष्ठ सशस्त्र प्रहरीमा खुल्यो ठुलो संख्यामा जागिर (पुरा हेर्नुहोस्)
सशस्त्र प्रहरीमा खुल्यो ठुलो संख्यामा जागिर (पुरा हेर्नुहोस्)
काठमाडौँ, ११ भदौ । सशस्त्र प्रहरी बलले परिचरदेखि इन्सपेक्टरसम्म रिक्त रहेका एक हजार ९५ पदमा विज्ञापन खुलाएको छ ।
आज (शुक्रबार) गोरखापत्रमा प्रकाशित विज्ञापनअनुसार इन्स्पेक्टरमा खुला तथा समावेशी गरी ७५, प्रहरी सहायक निरीक्षकमा १३७, जवानमा ७ सय ५५ र परिचरमा १ सय २८ जना मागिएको छ। उक्त पदहरूमा सशस्त्र प्रहरी बलका सातै प्रदेशमा रहेका विभिन्न कार्यालयहरूबाट आवेदन दिन सकिने सशस्त्र प्रहरी बलले जनाएको छ ।










