यति भन्दै गर्दा कार्यक्रम संचालिक रीमा विश्वकर्मालाई हतार भयो । उनले, हरिवंशले नाम घोषणा गर्दै गर्दा विचमै बोलिन्–‘कमेडी… ।’ यति भनेपछि उनले ‘सरी सर’ भन्दै माफ मागिन् । हरिवंशले रीमालाई जवाफ दिदै भने–‘आई एम सरी’ । फेरि रीमा बोलिन्–‘खासमा मैले उपहार दिनेलाई बोलाउन खोजेको ।’
रीमाले विचमै कुरा काटेपछि हरिवंश अलमलिए । उनले ‘भरतमणी, नाम ठिक छ नि’ भन्दै रीमालाई देखाए । रीमाले ठिक छ सर भनेपछि उनले भने–‘भरतमणिजी विनर हुनुहुन्छ ।’ हरिवंशले विजेताको नाम निक्कै फितलो तरिकाले लिए । हरिवंशले नाम लिएसँगै रीमाले फेरि जोडिन्–‘कमेडी च्याम्पियन सिजन २ को विजेता बन्नु भएको छ, भरतमणि पौडेल ।’





