गृहपृष्ठ अभिनेत्री तथा मोडल नम्रता सापकोटाको रोशन अधिकारीसँग ‘चुपचाप’ रोमान्स
अभिनेत्री तथा मोडल नम्रता सापकोटाको रोशन अधिकारीसँग ‘चुपचाप’ रोमान्स
सुमन ढकाल,काठमाडौं । अभिनेत्री तथा मोडल नम्रता सापकोटा र गायक तथा मोडल रोशन अधिकारी फिचर्ड गीत ‘चुपचाप’को भिडियो सार्वजनिक भएको छ । गीतमा रोशन र अस्मिता अधिकारीको स्वर, अर्जुन पोखरेलको संगीत र शब्द रहेको छ ।
द डिभाइन म्युजिकको प्रस्तुतिमा तयार पारिएको म्युजिक भिडियोमा विधान कार्कीको निर्देशन रहेको छ । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा मोडल नम्रताले गीतको भाव अनुसार आफूले काम गरेको दाबी गरेकी छन् ।
निर्देशक कार्कीले रोमान्टिक शैलीमा रोशन र नम्रताको क्यामेष्ट्रीलाई पर्दामा उतार्न निकै मेहनत गरेको बताए । नेपसिनेले द डिभाइन म्युजिकसँगको सहकार्यमा म्युजिक भिडियो निर्माण गरिएको हो । भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन र माधव शर्माको सह-निर्देशन रहेको छ ।
हेरौ पुरा भिडियो :






