२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ सन्जिलाको सम्बन्धहरु………

सन्जिलाको सम्बन्धहरु………

                कविता

नजिकबाट, धेरै नजिकबाट चिन्ह मन छ
आफुलाई , आफ्नाहरु
घरलाई , दुनियाँलाई ।
माकुरोको जालोजस्तै गरि
बेरिएका छन् ..अनि झुन्डिएका छन
सम्बन्धहरु जताततै
निल्नु र उकेल्नु भएर बिच बिचमा ।

त्यो मेरो हो , अचम्मको ढिपी
त्यसमा मेरो अधिकार छ , अचम्मको बिश्वास …
अरे छोड्नु भयो यस्ता कुराहरू ।
दुश्मन सङ काधमा काध मिलाएर,
मिठा गफ गर्दै हिड्न मन छ …
कसरी भन्नू म आफ्नाहरुसङ थाकिसकेकी छु ..तर अलिकति डर छ है किनकि तिनि दुश्मन बन्नुभन्दा पहिले मेरा आफन्त बनेका थिए ।
परिवार सङको सम्बन्ध , समाज सङको सम्बन्ध ,
बढ्दो उमेर, चल्ने समयसङ्को सम्बन्ध
साथी सङको सम्बन्ध ,
साथी भन्दा माथीकासङको सम्बन्ध ।

भुत , बर्तमान , भबिश्यसङको सम्बन्ध
सम्बन्धै सम्बन्धले पुरिएको म ।
यहि सम्बन्धले कहिले माथी उचाईमा पुराउन्छ .. यहि सम्बन्धले कहिले नराम्ररी धरातलमा पछारिदिन्छ ।
माया भन्दा बढी आश हुने …सासभन्दा बढी खास हुने
यो सम्बन्धले के के देखाउन्छ , के के सिकाउन्छ , के के गराउन्छ , के के बनाउन्छ …तिमिले… कहिले नदेखेको ,कहिले नगरेको , कहिले नचाहेको , कहिले नबनेको ।
कहिलेकाही म मलाई यस्तो पश्न गर्छु ….
यो दुनियाँ नभएको भए …मान्छे नभएको भए ……मान्छेभित्रको मनले सम्बन्धको अनुभुती नगरेको भए ….. के यो दुनियाँ …के यी मान्छेहरु सम्बन्ध बिना बाच्न सक्थ्य होला त …?

झगडा , रिसडाहा , ईश्या , क्रोध , एकअनेक , नकारात्मक काम , बिचारहरु अवश्य हरेक सम्बन्धमा हुन्छन् ….
फेरि माया,साथ,बिश्वास,रेखदेख जतिनै गरेपनी
सबैलाई सबैभन्दा माथी हुनैपर्छ , हुनैपर्ने …।
यो सम्बन्ध राख्दा राखिएको नियम हुँदै होइन …
यो मान्छे भित्रहुने अर्गानिक सोचाई र व्यबहार हो ।
जस्तो ,जति , जे जे नै भएपनी … जीवन चल्न , खुसी हुन , अनि बाच्न मिठातिता सम्बन्धहरु हुनैपर्छ ।
अहिलेसम्म यो आकाश एक्लो छैन , अहिलेसम्म सजिव , निर्जीव कुनैपनी दुनियाँमा जे जे छन कोही एक्लो छैन ।

तर पनि कताकता, बढ्दो परिवर्तनले … वास्तविक सम्बन्धहरु लोभ भएका …सम्बन्ध बाध्ने, कस्ने डोरीहरु गलेका छन् …सम्बन्धलाई नाम दिन थालिएको छ ..जस्को नाम नै प्रिय थियो …
म महसुस गर्न चाहान्छु , म खोजिरहेकी छु , म भोकै छु … तर म चाहान्छु जो सङ जस्तोसुकै सम्बन्धको डोरी कस्नुपरेपनी गल्ल दिनेछैन … सम्बन्ध जो सबैको जिवनमा अपरिहार्य छ ..के तपाई तयार हुनुहुन्छ तितामिठा सम्बन्धहरुको डोरीले कसिन …. ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार