२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ यादहरु त झनै गाढा,तिमी दूर भए पछि………

यादहरु त झनै गाढा,तिमी दूर भए पछि………

प्यार लुटिएका लुटेराहरु पो फर्कदैनन् त,,,
तिमी त प्यार जुटाएर गएको मान्छे,,,,,आँखाको डीलमा आँसु जमेर पग्लुन्जेल सम्म हेर्दा पनि तिमी त फर्केनौ,,,,,,,~~~~
-सहारा मनको

मेरा प्यारा मित्रहरू मेरा यादहरु धेरै नराखिदेऊ, आजकल मेरा दुस्मनहरू निक्कै बढिरहेको छ।अब जीवन्त यादहरु उनीहरूमा रहने छ ।। अनि उनीहरूको म मा ।।
-एकल यात्री

माया छैन भने नभकै कुरा किन पर्खाइ राख्छौं
बोल्दैनौ त करै छैन केलाई थरकाई राख्छौ ।।
-प्रेमका कुरा

लड्दै जाउँ, बढ्दै जाऊ,अनि लेख्दै पनि जाउँ,
जहाँ, मेरो जिन्दगीको यात्राले विश्राम लिन्छ
यही मात्र लाग्नेछ मेरो अक्षरहरुमा पूर्णविराम ~~~~~
नभए निरन्तर…….

न कसैलाई देख्नु छ,,,, न कसैले देख्नु छ
त्यसैले त मलाई हरबारको
~~~~~ अँध्यारो मन पर्छ।।
-अधेरिमा एक्लै

आँशुहरु पिएर म तिर्खा मेट्दै छु
पैसासँग पसिना साट्न मरी मेट्दैछु
डाँडा पाखा झझल्किन्छ मेरो घर देशको
कसले सुन्छ सुनाउनलाई कथा परदेशको

आउँछिन् छोरी सुनाइदिनु मेरी आमालाई
खुसी नै छिन् भनी दिनु मेरी आमालाई
जान्दैनन् बिचरी मेरी आमा वर्ष गन्नलाई
औंला गन्दै पर्खी बस्नु भन्नु आमालाई

आँशुहरु पिएर म……………
पैसासँग पसिना साट्न………..
-परदेश

मनको भन्दा मुटु प्यारो लाग्न थालेको छ अचेल
सास फेर्दा नि सारो गार्हो लाग्न थालेको छ अचेल
रामकहानी सुन्दा मेरो हासो आँसु झार्ने नपाई
एउटै मुटु बाकी छ त्यो नि कसलाई बैन दिउँ खै।।
-वियोगको प्रेम

यादहरु त झनै गाढा तिमी दूर भए पछि
वियोगपछिको सम्झना पनि मजबूत भए पछि
आधेरी रातको सपनीमा भेट्न आउनु बेला बेला
भेट्न मन छ जिन्दगीको यात्रा नदी किनारमा सुस्ताएको बेला
-जीवन र मृत्यु

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार