गृहपृष्ठ तिलोत्तमा युथ क्लब सामाजिक कार्यमा अग्रसर बन्दै गरायो अनाथ आश्रमका बालबालिकालाई भोजन
तिलोत्तमा युथ क्लब सामाजिक कार्यमा अग्रसर बन्दै गरायो अनाथ आश्रमका बालबालिकालाई भोजन
तिलोत्तमा । तिलोत्तमा युथ क्लबले तिलोत्तमा-६, आश्रमपथमा रहेको रामचन्द्र मैनादेवी अनाथ आश्रममा रहेका ९ जना बालबलिकाहरुलाई भोजन गराएको छ । पछिल्लो समय समाजमा युवाहरु समाजसेवामा तिब्र अग्रसर भइरहेको समयमा तिलोत्तमा युथ क्लब पनि यस तर्फ अगाडी बढेको छ। 
पुर्व अध्यक्ष गणेश गैरेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा वर्तमान अध्यक्ष प्रदिप खरालको अध्यक्षता रहेको थियो । कार्यक्रममा क्लबका उपाध्यक्ष राज देवकोटा, सचिव मिलन भण्डारी, सह-सचिव सौरब अर्याल, कोषाध्यक्ष सुनिल चौधरी, सदस्यहरु सुबाष अर्याल, सुजन चापागाईं, दिपक गैरे, भिम चापागाईं, सरोज भण्डारी, बिश्वास भण्डारी, अमृत भण्डारी, कल्याण भण्डारी, विद्यान्चल मल्ल, नविन सुवेदी, अनिल पाण्डे, प्रदिप घिमिरे, कपिल बस्नेत, रोशन न्यौपाने, सागर गिरी, सन्तोष न्यौपाने, मधु पाण्डे, सरोज अर्याल,सगर अर्याल, बिशाल खरेल, सुमित न्यौपाने, सन्तोष न्यौपाने, देव देवकोटा, सन्दिप पाण्डे, अंकित लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै पुर्व अध्यक्ष गैरेले यो कार्यकम आफुहरुको सुरुवाती भएको र आगामी दिनमा अझ सक्रिय रुपमा क्लबलाई अगाडी बढाउने कुरा बताउनुभयो । त्यस्तै क्लबका वर्तमान अध्यक्ष खरालले क्लबलाई सानो नै किन नहोस् हरेक किसिमका सहायोगी कार्यहरु अंगाल्दै क्लबलाई अगाडी बढाउने कुरा जिकिर गर्नुभयो । कार्यक्रममा आश्रमका बालबालिकाहरुले आफुहरुमा भएको कला देखाएर मनोरंजन गराएका थिए । कार्यक्रम संचालन क्लबका उपाध्यक्ष राज देवकोटाले गरेका थिए ।








