गृहपृष्ठ खेमराज गौतमका दश सुसेलीहरु
खेमराज गौतमका दश सुसेलीहरु
(१) बुढा मान्छे छन् ,
कुर्सी ओगटेकाे छ ,
छाेड्दै छाेड्दैनन् !!!
(२) देश बिकास,
धेरैजसाे नेताकाे
छैन विश्वास!!!
(३) मन गुन्दैनन्
जितेपछि नेताले ,
कुरा सुन्दैनन् !!!
(४) नदी तर्नु छ ,
बुढाे तुईन छिनेर,
त्यहीं मर्नु छ !!
(५) डुब्ने भाे देश ,
नयाँ पार्टी खाेलेर ,
गरौं प्रवेश !!
६) कुरा छलेर
भाेट माग्छ नेताले ,
आँखा मलेर !!!
(७) पौरखी हेर ,
कमिलाकाे देखेर ,
स्वभाव फेर !!!
८) खेती किसान ,
सबै भन्दा ठुलाे हाे,
गरौं सम्मान !
९) खेती लगायाे ,
दु:ख गर्छ किसान,
असिना आयाे !
१०) आफ्नै कमाई ,
परिश्रम गरेर
खानु रमाई !!!!





