२०८३ भदौ ५ गते शुक्रवार | August 21, 2026

गृहपृष्ठ नेपालमा आज थपिए थप २३० जना कोरोना संक्रमित

नेपालमा आज थपिए थप २३० जना कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ९ सय ५६ पिसिआर परीक्षणका क्रममा १ सय २८ जना र १ हजार ८ सय ८० एन्टीजेन परीक्षणका क्रममा १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बुधबार २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ७८ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा २ हजार ५ सय ५ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार