गृहपृष्ठ आज नेप्से परिसूचकमा १९ दशमलव ४२ अङ्कको गिरावट
आज नेप्से परिसूचकमा १९ दशमलव ४२ अङ्कको गिरावट
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ४२ अङ्कले घटेर २ हजार १० दशमलव ३५ अङ्क कायम भएको छ । आज दुई सय ८५ कम्पनीको ९० लाख ३ हजार ९ सय ४१ कित्ता शेयर ८१ हजार १० पटक खरिदबिक्री हुँदा रू. २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार २ सय ६ बराबरको कारोबार भएको छ ।
लघुवित्त समूहको उपसूचक शून्य दशमलव ९९ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह १ दशमलव ९८ प्रतिशत र व्यापार समूह १ दशमलव ८१ प्रतिशतले गिरावट देखिएको छ । आज तीनवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेड, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड र एसियन हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि देखिएको हो ।
शुभम् पावर लिमिटेडको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै रू. १३ करोड २४ लाख ९८ हजार ९ सय ५० बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको ५ लाख ७१ हजार ४ सय ६० कित्ता शेयर किनबेच भएको छ ।





