२०८२ माघ ३० गते बिहीवार | February 12, 2026

गृहपृष्ठ बाछिटा : मन्थन, समीक्षा र सिर्जना

बाछिटा : मन्थन, समीक्षा र सिर्जना

मन्थन

“बाछिटा” नेपाली साहित्यको फाँटमा उब्जिएको नवीनतम साहित्यिक रूप हो । जम्मा ११ अक्षरको आयाममा रचिने र ३-५-३ को ढाँचामा पङ्क्ति विन्यास गरिने बाछिटालाई नेपालीमा प्रचलित काव्यको लघुत्तम उपविधा अन्तर्गत राख्न सकिन्छ ।यस अघि प्रचलित १७ अक्षरको ५-७-५ को आक्षरिक ढाँचामा रचिने जापानी साहित्यबाट नेपालीमा भित्रिएको हाइकु भन्दा पनि ६ अक्षर कम हुने भएकाले यसको लघुता पुष्टि हुन्छ ।

साहित्य अचुक ओखती हो । महामारीले जीवनतहसनहसपारेकोवेलापनिस्रष्टालेनवीनताखोज्छ ‌।यस्तै काम“बाछिटा”का सन्दर्भमा पनि भएको पाइन्छ । कोभिड १९ ले आक्रान्त पारेको समयमा वि.सं. २०७७ जेठ २ गते अमेरिका निवासी नेपाली स्रष्टा अमर त्यागी र नेपालगञ्जका स्रष्टा खगेन्द्र बस्यालले संयुक्त रूपमा बाछिटाको लेखन आरम्भ गरेका हुन् । हाल यसको उन्नयनमा राष्ट्रिय बाछिटा प्रतिष्ठान, नेपाल लागिपरेको छ । त्यस्तै“बाछिटाचौतारी”नामक फेसबुक पेजमा जोडिन पुगेका करिब एक हजार चार सय सदस्यहरूले यसको सिर्जनात्मक अभ्यास गरिरहेका छन्।

बाछिटा रचना गर्दा पहिलो पङ्क्तिमा विषयको उठान, दोस्रो पङ्क्तिमा विस्तार र तेस्रो पङ्क्तिमा पुष्टि गरिन्छ । यसरी जम्मा तीन पङ्क्तिमा यो पूर्ण हुन्छ । यसले पनि हाइकुले जस्तै प्राकृतिक बिम्बको अपेक्षा गर्दछ । अहिले यसका बारेमा बहस सुरु भएको छ ।यसको अनुवादका बारेमा पनि चर्चा चलिरहेको छ । जापानमा सात सय वर्ष भन्दा पुरानो इतिहासबोकेकोहाइकुनेपालमाप्रवेश गरेको बल्ल आधा शताब्दी हुँदैछ । जम्मा पाँच महिने शिशुको रूपमा रहेको बाछिटाको अनुवादका बारेमा सोच्न हतार गर्नु आवश्यक छैन ।

 

समीक्षा

बाछिटा आफैँमा पूर्ण सङ्कथन हो । यसर्थ लघु आयाममा पनि यसले आफैँमा पूर्ण भाव बोकेको हुन्छ । तर एउटै भावलाई व्यक्त गर्न एकभन्दा बढी बाछिटा रच्न पाइन्न भन्ने कतै उल्लेख गरिएको छैन । नेपालमा नजिकै चाडपर्वहरू लाम लागेर आइरहेका छन् । चाडपर्वमा नेपालीहरू खुब रमाइलो गर्छन् । रमाइलो गर्नका लागि सुरापान गर्ने प्रचलन पनि निकै पुरानो हो । यहाँ यही सुरापानलाई विषय वस्तु बनाएर “बाछिटाचौतारी” मा प्रकाशित केही सोमरस सम्बन्धी बाछिटा र  तिनको समीक्षा निम्नानुसार गरिएको छ :

  • खतीमा

रमाएँआज

भट्टीमा।

  • रमेश प्रभात

माथिको उदाहरणमा रमेश प्रभातले आफूलाई हानि वा नोक्सानी भएको बेलामा भट्टी पसेर रमाउन चाहने आम नेपालीको प्रवृत्तिको चित्रण गरेका छन् । आनन्द मानवीय खोजी भएपनि कतिपय अवस्थामा त्यो अनुपयोगी हुन्छ भन्ने भाव यो उदाहरणमा देखाउन खोजिएको छ ।

  • चिरिप्प

गिलासफुट्यो

झिरिप्प।

  • प्रदीप रिमाल

माथि प्रस्तुत उदाहरणमा प्रदीप रिमालले नसा चढ्दै गएपछि हातमा रहेको गिलास कतिबेला फुट्छ भन्ने होस समेत नहुने कुरा व्यक्त गरेका छन् ।यसरी होस गुम्ने गरी पिउनु हानिकारक हुन्छ भन्ने सन्देश यसले दिन खोजेको छ ।

  • पिएको

मस्त जीवन

जिएको ।

  • सीता पौडेल

माथि उल्लेखित उदाहरणमा सीता पौडेलले पिएर मस्तीसँग जिएको भाव व्यक्त गरेकी छिन् ।प्रत्यक्ष रूपमा पिउनुको तारिफ गरेजस्तो देखिए पनि यसमा पियक्कडलाई व्यङ्ग्य गरिएको छ ।

  • पिएको

त्यसैले धेरै

लेखेको।

– मनोजमञ्जुल

माथि प्रस्तुत गरिएको उदाहरणमा मनोजमञ्जुलले कविहरू पिएर पनि सिर्जना गर्छन्  खोजेका छन् । तर त्यसरी गरिएको सिर्जना कस्तो हुन्छ ? भनेका छैनन् । भन्न कवि समाजको जिम्मेवार नागरिक भएकाले यसो गर्नु समाजको हितमा छैन भन्ने सन्देश यसले दिन खोजेको पाइन्छ ।

 

सिर्जना

जहिलेपनि नसामा झुम्न खोज्दा जीवनको गति के हुन्छ ? भन्ने कुरालाई प्रकाशित गर्ने हेतुले केही बाछिटाहरू रचिएका छन् :

  • दशाले

बिगार्छ अति

नसाले।

  • चाडमा

नकाटौँ दिन

नसामा।

 

  • नसा छ

सामुन्ने ठूलो

दशा छ ।

 

  • रमेश प्रभात, चितवन।

 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार