गृहपृष्ठ “राम्ररी दुनियाँ देखे”
“राम्ररी दुनियाँ देखे”
कविता – बाआमा
आज लाग्छ पहाड उचाल्ने सामर्थ्य
म सङ धेरै रैछ ,
र त हरेक मानव प्रहारहरु
सजिलैसँग बोक्न सकेकी छु ।
बाबाले जिवनभरि
मेरो जिम्मेवारी बोक्नुभयो ,
आमाले नौ महिना
अधिदेखी मलाई बिक्नुभयो ,
फेरिपनी म बाआमाले भन्दा धेरै बोक्ने भएकि छु ।
बाआमा आफ्ना बाआमाले बनाएकै
घरमा बसे ,
खेतिपाती गरे , डिगाबाछा पाले ,
न ठुलो सपना देखे , न ठुला शहर देखे ,
न राम्रा लुगा देखे ,न स्कुल देखे ,
न राम्ररी दुनियाँ देखे ।
हो म बाआमाले भन्दा अलिकति
जान्नी हुन
आत्मनिर्भर बन्न ठुलो शहर पसे ।
मैले मेरा बाआमाकै पालादेखी
राम्रा लुगा देखे , राम्रो स्कुल देखे ,
राम्ररी दुनियाँ देखे ।
सेतै फुलेका कपाल , चाउरिएका अनुहार ,
च्यात्तिएका पहिरन
माथि गिजा देखाउदै हास्दा लाग्छ
मेरा जिउदा भगवान हो ,,,
मलाई जन्माएकोमा पछुतो लाग्दैन
म २० नपुग्दै थाकी सक्के ,
तिमीहरु ८० पुग्दापनी थाकेका छैनौं ।।