गृहपृष्ठ नेपालमा पहिलो पटक 4k टेलिभिजन प्रसारणमा आउदै
नेपालमा पहिलो पटक 4k टेलिभिजन प्रसारणमा आउदै
सञ्चारकर्मी रवि लामिछाने लगायतले नयाँ टेलिभिजन च्यानल ल्याएका छन् । लामिछाने म्यानेजिङ डाइरेक्टर छन् । उक्त टिभीको नाम ‘ग्यालेक्सी 4k’ हो । नेपालमा पहिलो 4k टिभी आफूहरूले ल्याएको लामिछानेले बताए ।
मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप एक सञ्चार माध्यम थप भएको बताए । जनताको आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको उनले बताए। ग्यालेक्सीमा क्राइम पेट्रोल नेपाल, को बन्छ करोडपति, रामायण, सारेगम, लाल मोहर, सिधा कुरा, आविष्कारलगायतक कार्यक्रम प्रसारणमा आउने जानकारी दिइएको छ ।





