२०८३ असार २६ गते शुक्रवार | July 10, 2026

गृहपृष्ठ गेरमामा हनुमान मन्दिर स्थापना

गेरमामा हनुमान मन्दिर स्थापना

 ज्ञानेश्वर सहानी / नवलपरासी/ २१ साउन। पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउपालिका वार्ड नं ०५ गेरमामा हनुमानको मुर्ति संगै मन्दिर स्थापना भएको छ। हिन्दू धर्म अनुसार भगवान रामको दूत मानिने हनुमानको मुर्ति स्थापना गरी मन्दिर बनाइएको छ ।

आज पाल्हिनन्दन गाउँपालिकाको वार्ड नम्बर ०५ को गेरमा हुँदै सिसवा,पाल्ही भगवती मंदिर ,विष्णुपुराको ठाकुर मंदिर हुँदै हरदी,गेरमी हुँदै गेरमाको मंदिर प्रांगड सँगै बिभिन्न धार्मिक स्थलको पूजन गरी मुर्तिको स्थापना गरीएको स्थानिय सुनिल गुप्ताले जनाएका छन् । मुर्ति तथा मन्दिर स्थापनामा स्थानीय समाजसेवी बैजनाथ कुर्मीको सहयाेग तथा निज कै हात नव निर्मित हनुमान मन्दिरमा मुर्तिको स्थापना एवं उदघाटन गरिएको हो ।

कार्यक्रममा समाजसेबी रामानन्द तिवारी ,राजेन्द्र गुप्ता , प्रेमसागर चौधरी शिवकुमार रौनियार,रामबहादुर कुर्मी लगायतका सम्पूर्ण गेरमा गाँउबासीको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार