२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ महिला लघुवित्तकाे मूल्य दाेश्राे बजारमा कतिसम्म पुग्ला जानकारीको लागि पुरा पढ्नुहोस…..

महिला लघुवित्तकाे मूल्य दाेश्राे बजारमा कतिसम्म पुग्ला जानकारीको लागि पुरा पढ्नुहोस…..

महिला लघुवित्तको आइपिओले ओपनिङ्ग रेञ्ज कति पाउला ? महिला लघुवित्तकाे मूल्य दाेश्राे बजारमा कतिसम्म पुग्ला ?

हिजाे (फागुन १४ गते, शुक्रबार) महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आइपिओ) काे बाँडफाँड सम्पन्न भएपश्चात हाल अधिकांश लगानीकर्ताहरूमा उब्जिएकाे प्रश्न भनेकाे यीनै (महिला लघुवित्तको आइपिओले ओपनिङ्ग रेञ्ज कति पाउला ? महिला लघुवित्तकाे मूल्य दाेश्राे बजारमा कतिसम्म पुग्ला ? ) हुन् । त्यसैले, यहाँ हामी प्राय सबै लगानीकर्ताहरूमा चासाेकाे विषय बनेकाे महिला लघुवित्तको ओपनिङ्ग रेञ्जकाे  विषयमा कुरा गर्नेछाैँ ।

नेप्सेले लघुवित्तकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ३१३ रूपैयाँ १६ पैसादेखि अधिकतम ९३९ रुपैयाँ ४८ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

सेबाेनमा प्रकाशन भएकाे विवरण पत्र अनुसार महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आर्थिक वर्ष २०७६/७७ को  प्रतिसेयर नेटवर्थ ३१३ रूपैयाँ १६ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ९३९ रुपैयाँ ४८ पैसा हुन्छ ।  संस्थाले माघ ३० गते, शुक्रबारबाट फागुन ५ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे ।

जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।  कम्पनीको आइपिओमा १५ लाख ४० हजार ४८ जना आवेदकबाट २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रूपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताको लागि आवेदन  परेको थियाे । गोलाप्रथाबाट गरिएकाे बाँडफाँडमा १० कित्ताको दरले वितरण गर्दा ३७ हजार ५०० जना आवेदकले मात्र सेयर हात पारेका थिए भने बाँकी १५ लाख २ हजार ५ सय ४८ जनाकाे अर्थात् ९७.५ प्रतिशतको हात खाली भएकाे थियाे ।@अर्थ संसार

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार